Dr. Prem Raj Shrestha Hematologist
You're cellular health is the most important to cure and care.
Anesthetic SE
https://www.facebook.com/share/r/1TDLNids64/
Improve insulin sensitivity and bring HbA1c back to normal
09/08/2026
. “कर्तव्य, साहस र मानवताको यात्रा”
❤️ जब धेरैजसो मानिस घरभित्र सुरक्षित बसिरहेका थिए, एक ५० वर्षीया #आशा #स्वास्थ्य कार्यकर्ता भने जीवन बचाउने यात्रामा निस्किइन्।
🌳 मणिपुरका घना जंगल हुँदै २८ किलोमिटर पैदल यात्रा गरिन्।
🌊 बाटोमा ५ वटा नदी पार गरिन्।
🥾 करिब १२ घण्टा कठिन पदयात्रा गरिन्।
💉 अनि अन्ततः १७ जना बालबालिकालाई पोलियो खोप लगाउन सफल भइन्।
उत्तरदायीपूर्ण जवाफदेहिता: किनकि उनका लागि एउटा बच्चा पनि छुट्नु भनेको जोखिम निम्त्याउनु थियो।
यो केवल एउटा यात्रा थिएन।
यो कर्तव्य, साहस र मानवताको उधारणिय यात्रा थियो। ❤️
स्वास्थ्य सेवा अस्पतालका भित्ताभित्र मात्र हुँदैन।
कहिलेकाहीँ यो दुर्गम जंगल, नदी र पहाड पार गर्दै खोपको बाकस बोकेर हिँड्ने मानिसहरूको काँधमा पनि हुन्छ।
केही नायकहरूले कवज लगाउँदैनन्।
उनीहरू खोपको बाकस बोक्छन्। ❤️
यस्ता मौन नायकहरूलाई सलाम।
#आशा #स्वास्थ्यकार्यकर्ता #मानवता #साहस
09/08/2026
"Lionheart" is a noun that means a person of exceptional courage, daring, and bravery. The related adjective form, "lionhearted," describes someone who is fearless and strong in the face of great danger or tough challenges. So that Residence of "Lionhearted" is Lion palace or सिँह दरबार.
01/08/2026
हाम्रो आर्थिक संरचना केही हदसम्म सन् १९७० तिरको फिलिपिन्स र इन्डोनेसियाको अवस्थासँग तुलना गर्न सकिन्छ, जहाँ उत्पादनभन्दा जमिन र भाडामुखी अर्थतन्त्रले प्राथमिकता पाएको थियो। नेपालमा पनि रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनशील उद्योग, आधुनिक प्रविधि, अनुसन्धान, कृषि आधुनिकीकरण वा कलकारखानामा लगानी हुनुको सट्टा जग्गा र घरमा केन्द्रित भएको देखिन्छ। यसले सम्पत्ति त बढाउँछ, तर दीर्घकालीन रोजगारी, निर्यात र औद्योगिक विकास भने सिर्जना गर्दैन।
अब नेपाललाई इतिहासको गौरवमा मात्र होइन, भविष्यको सम्भावनामा अघि बढाउनुपर्छ। त्यसका लागि आधुनिक प्रविधि, अनुसन्धान, उत्पादनमुखी उद्योग, हरित ऊर्जा, डिजिटल अर्थतन्त्र, र दक्ष जनशक्तिमा ठूलो लगानी आवश्यक छ। देशभर नयाँ कलकारखाना स्थापना, उद्यमशीलतालाई प्रोत्साहन, र पारदर्शी नीतिमार्फत युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउने वातावरण बनाउन सकियो भने मात्र समृद्ध नेपालको आधार तयार हुनेछ।
राष्ट्रको समृद्धि नाराले होइन, उत्पादन, नवप्रवर्तन, सुशासन र समान अवसरले निर्माण हुन्छ। यदि हामीले रेमिट्यान्समा निर्भर अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्न सकेँ, भने भविष्यका पुस्ताले विदेश जानु बाध्यता होइन, विकल्पका रूपमा मात्र हेर्नेछन्। यही परिवर्तन नै अब नेपालको नयाँ राष्ट्रिय अभियान हुनुपर्छ।
29/07/2026
आकस्मिक कक्षमा बिरामीको ज्यान बचाउन अन्तिम क्षणसम्म संघर्ष गरिरहेका डा. प्रमोद राममाथि भएको निर्मम कुटपिटले एउटा गम्भीर प्रश्न उठाएको छ—अब नेपालमा चिकित्सकले बिरामीको उपचार गर्ने कि आफ्नै ज्यान जोगाउन विदेशिने?
Protect Doctors, Protect Patients.
No Safe Doctors, No Safe Healthcare
किन नहुनु, लापरबाही छ!!
नेपालमा समस्या चिकित्सक होइन, प्रणाली हो।
बिरामीको मृत्युको पीडामा आवेग आउन सक्छ। तर ८०–९० जनाको भीडले योजनाबद्ध रूपमा चिकित्सकमाथि ज्यानै जाने गरी आक्रमण गर्नु शोक होइन—अपराध हो। त्यस्तो अपराधमा पनि कानुन प्रभावकारी रूपमा लागू हुन नसक्नु राज्यको असफलता हो।
"म तेरो ज्यान लिन्छु, अनि तँ चाहिँ मेरो उपचार गर।"
यस्तो विडम्बना कुनै सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।
अस्पतालमा लापरबाही छैन त?
छ। अवश्य छ।
एक चिकित्सकले दिनमा १००–२०० बिरामी हेर्नु लापरबाही हो।
७५ स्वीकृत बेडमा ४०० बिरामी राख्नु लापरबाही हो।
एकै सर्जनले दिनमा ८–१० वटा शल्यक्रिया गर्नु लापरबाही हो।
३६ घण्टासम्म लगातार ड्युटी गर्नु वा गराउनु लापरबाही हो।
पर्याप्त ICU, बेड, औषधि, उपकरण र जनशक्ति नहुनु लापरबाही हो।
टिकटदेखि उपचारसम्म बिरामीलाई घण्टौँ लाइनमा राख्नु लापरबाही हो।
सम्मानजनक तलब र सुरक्षित कार्यस्थल नदिनु पनि लापरबाही हो।
तर यीमध्ये कति लापरबाही चिकित्सकले सिर्जना गरेका हुन्?
यसको उत्तर डाक्टरसँग होइन—स्वास्थ्य नीति बनाउने सरकार, सांसद र मन्त्रीसँग माग्नुपर्छ।
नारायणी अस्पताल, वीरगञ्जको घटना एउटा चिकित्सकमाथिको आक्रमण मात्र होइन; यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो, सीधा साधा उपचार पाउन नसकेका विरामी माथिको हातपात नै हो।
यो कुनै विशेष सुविधा मागिएको आन्दोलन होइन; सुरक्षित कार्यस्थल र कानुनको शासनको न्यूनतम अधिकारको आन्दोलन हो।
अझ दुःखको कुरा, यति गम्भीर घटनापछि पनि धेरै चिकित्सक–सांसदहरू मौन देखिए। घाइते चिकित्सकप्रति खुलेर ऐक्यबद्धता वा चासो व्यक्त गर्न नसक्नुले धेरै प्रश्न उठाएको छ। कहिलेकाहीँ मौनता पनि एउटा सन्देश हुन्छ।
आज तपाईंलाई केही भएको छैन भनेर मौन नबस्नुहोस्। भोलि पालो तपाईंकै र अस्पतालको पनि पर्न सक्छ।
आज OPD चलाएर केही बिरामी हेर्न सकिएला। तर यदि आज चिकित्सकमाथिको हिंसाविरुद्ध उभिन सकिएन भने, भोलि त्यो OPD चलाउने चिकित्सक नै नहुन सक्छ।
यदि तपाईंलाई लाग्छ—"हामीलाई केही हुँदैन"—इतिहासले देखाइसकेको छ, हिंसाले अस्पताल, जिल्ला वा व्यक्ति छानेर आउँदैन।
आज यदि तपाईंलाई नेपाल मेडिकल एसोसिएसन (NMA), DSON र सम्पूर्ण चिकित्सक समुदायको साथ चाहिन्छ भने, आज तपाईं पनि समुदायसँगै उभिनुहोस्।
एकताको विकल्प छैन।
डाक्टरलाई कुटेर अस्पतालमा बेड थपिँदैन।
डाक्टरलाई मारेर ICU बढ्दैन।
डाक्टरलाई धम्क्याएर स्वास्थ्य सेवा सुध्रिँदैन।
हिंसाले समस्या समाधान गर्दैन; उपचार गर्ने हात मात्र घटाउँछ।
आजको मौनता भोलिको असुरक्षा बन्न सक्छ।
आज एकतामा उभिऔँ, ताकि भोलि एक्लै लड्न नपरोस्।
हामी न्यायको माग गरिरहेका छौँ—विशेष सुविधा होइन।
हामी सुरक्षित कार्यस्थलको माग गरिरहेका छौँ—विशेषाधिकार होइन।
हामी कानुनको शासनको माग गरिरहेका छौँ—भीडतन्त्रको निर्णायक बन्ने कु-व्यवहारको अन्त्यका लागि।
समाजका बुझ्ने मान्छेको नियति नै अनौठो हुन्छ, 🖊️सही गरे दोष र गाली, नगरे "किन गरिनस्?" भन्ने प्रश्न। अझ ठूलो विडम्बना ⚡त के भने, कसैको बलिदान, पीडा र लासमाथि उभिएर केहीले आफ्ना स्वार्थको महल ठड्याउँछन् र नेतृत्वको अवसर खोज्छन्। यही नै समाजको सबैभन्दा तीतो विडम्बना हो।
Category
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Dr. Prem Raj Shrestha Hematologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
