Dxn Mitra sharma
Hi i am Mitra sharma, Working for people's Health wealth and Happiness. Want to help many people!!
DXN was founded by Datuk Dr. Lim Siow Jin, a graduate from the prestigious Indian Institute of Technology. Datuk Dr. Lim started the business in quest of the benefits of mushroom on human health. His deep interest and endless effort drove him to utilize the fullest potential of Ganoderma or Lingzhi, which is well-known as the King of Herbs, for human health and wealth, with the establishment of DX
18/06/2026
गोर्खालीको इतिहास
एक हातले ३१ जापानी ढालेका अमर गोरखाली
जब विश्व इतिहासमा वीरता, साहस र कहिल्यै नझुक्ने स्वाभिमानको चर्चा हुन्छ, तब संसारको जुनसुकै कुनामा बसेका मानिसहरूले गर्वसाथ एउटै नाम लिन्छन् — गोरखाली।
दोस्रो विश्वयुद्धमा गोरखाली सैनिकहरूले देखाएको वीरताका अनेक कथाहरू छन्, तर राइफलम्यान लाछिमान गुरुङको कथा सुन्दा आज पनि कलेजो काँप्छ र छाती गौरवले चौडा हुन्छ।
यो घटना सन् १९४५ को मे महिनाको हो, जब बर्मा (हालको म्यानमार) को ताउङ्गडो क्षेत्रमा जापानी सेना र ब्रिटिस-भारतीय सेनाको बीच भीषण युद्ध चलिरहेको थियो।
१. जब ८९ जना गोरखालीलाई हजारौँ जापानी सेनाले घेरे:
चितवनको एउटा विकट गाउँबाट सेनामा भर्ती भएका लाछिमान गुरुङ शारीरिक रूपमा जम्मा ४ फिट ११ इन्चका मात्र थिए। तर उनीहरूको साहस सगरमाथाभन्दा पनि उच्च थियो।
मे १२ को राति, लाछिमान गुरुङ र उनका दुई साथीहरू सबैभन्दा अगाडिको एउटा सानो बंकरमा पहरा दिइरहेका थिए। अचानक अँध्यारो रातमा झन्डै २०० देखि ३०० जापानी सैनिकहरूले उनीहरूको बंकरलाई चारैतिरबाट घेरे। जापानीहरूले अन्धाधुन्ध गोलीबारी गर्दै बंकरभित्र ग्रेनेड फ्याँक्न थाले।
२. दुई वटा बम फिर्ता पठाए, तेस्रोले हात उडायो:
बंकरभित्र खसेको पहिलो जीवित ग्रेनेडलाई लाछिमानले तुरुन्तै समातेर जापानीहरूतिरै फिर्ता फ्याँके। त्यस बमसँगै केही जापानी सैनिक मारिए। दोस्रो ग्रेनेड खस्नेबित्तिकै उनले त्यसलाई पनि उठाएर शत्रुतिरै फ्याँके।
तर तेस्रो ग्रेनेड उनको एकदम नजिकै खस्यो। समातेर फ्याँक्न खोज्दै थिए, त्यही बेला बम उनको दायाँ हातमा पड्कियो।
विस्फोटका कारण उनको दायाँ हातको नाडीभन्दा माथिको भाग पूरै उड्यो। दायाँ आँखा, अनुहार र दायाँ खुट्टामा बमका सयौँ ससाना टुक्राहरू गाडिए। उनी रगतले लथपथ भए। उनका बाँकी दुई साथीहरू पनि गम्भीर घाइते भएर बेहोस भए।
३. एउटै बायाँ हातले ३१ जना शत्रुको शिकार:
दाहिने हात पूरै नष्ट भइसकेको थियो, शरीरबाट रगतको खोला बगिरहेको थियो र असह्य पीडा थियो। सामान्य मानिसले आत्मसमर्पण गर्थ्यो वा मृत्युको प्रतीक्षा गर्थ्यो। तर लाछिमान गुरुङ कायर थिएनन् — उनी गोरखाली थिए।
उनले बायाँ हातले कम्मरबाट खुकुरी निकालेर बंकरको माटोमा गाडे र जापानी सेनालाई लल्कार्दै चिच्याए, “आऊ, अब को आउँछ? आज कोही पनि जीवित फर्कने छैन!”
त्यसपछि उनले बाँकी रहेको बायाँ हात र खुट्टाको सहाराले बोल्ट-एक्सन ३०३ राइफल लोड गरे र एक हातले नै निशाना लगाएर फायर गर्न थाले।
जापानीहरूलाई लागेको थियो कि बंकरका सबै सैनिक मरिसकेका छन्। तर जति-जति उनीहरू अगाडि बढ्थे, लाछिमानले बायाँ हातले गोली हानेर ढाल्दै थिए। उनले रातभरि लगातार चार घण्टासम्म एक्लै शत्रुको सामना गरे।
भोलिपल्ट बिहान जब थप ब्रिटिस-गोरखाली सेना मद्दतका लागि पुगे, उनीहरू स्तब्ध भए। लाछिमान गुरुङ रगतको आहालमा डुबेर पनि जीवित थिए र बंकरको ठीक अगाडि ३१ जना जापानी सैनिकका लासहरू थुप्रिएका थिए।
४. बेलायतको सर्वोच्च सम्मान — भिक्टोरिया क्रस:
लाछिमान गुरुङको यो अतुलनीय वीरताको लागि बेलायत सरकारले उनीहरूलाई आफ्नो सर्वोच्च सैनिक सम्मान **भिक्टोरिया क्रस (Victoria Cross - VC)** प्रदान गर्यो। यो सम्मान पाउने उनी थोरै नेपालीहरू मध्ये एक हुन्।
युद्धपछि उपचार भएर उनी निको भए। एउटा हात गुमाएका थिए, एउटा आँखाले देख्न सक्दैनथे, तर गोर्खाली हाँसो र स्वाभिमान कहिल्यै घटेन। उनले बाँकी जीवन बेलायतमा बिताए र सन् २०१० मा ९३ वर्षको उमेरमा प्राकृतिक मृत्यु भए।
हाम्रो गौरवशाली इतिहास:
लाछिमान गुरुङ केवल एक सैनिक थिएनन्, उनी नेपाली वीरगाथाको अमर प्रतीक हुन्। उनले संसारलाई देखाए कि मर्नु राम्रो, तर कायर भएर बाँच्नु राम्रो होइन।
आज हामी जुन स्वतन्त्र र सम्मानित पहिचानका साथ विश्वभर “वीर गोरखाली” भनेर चिनिन्छौं, त्यो यस्तै महान् पुर्खाहरूको रगत र बलिदानको जगमा उभिएको छ।
आफ्नो ज्यानको प्रवाह नगरी एउटै हातले इतिहास रचेका महान् अमर शहीद, भिक्टोरिया क्रस विजेता लाछिमान गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली र सलाम!
साभार: सोसियल मिडिया.
World 🌎 cup schedule update.
2026 विश्व कप फुटबल नेपाली समय यो समयमा खेल हुन्छ
समूह A:** मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९: मेक्सिको–द.अफ्रिका १२:४५, कोरिया–चेक ७:४५
असार ४: चेक–द.अफ्रिका ९:४५
असार ५: मेक्सिको–कोरिया ६:४५
असार ११: द.अफ्रिका–कोरिया ६:४५, चेक–मेक्सिको ६:४५
**समूह B:** क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड, कतार
जेठ ३०: क्यानडा–बोस्निया १२:४५
जेठ ३१: कतार–स्वीस १२:४५
असार ५: स्वीस–बोस्निया १२:४५, क्यानडा–कतार ३:४५
असार ११: स्वीस–क्यानडा १२:४५, बोस्निया–कतार १२:४५
**समूह C:** ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१: ब्राजिल–मोरोक्को ३:४५, हाइटी–स्कटल्यान्ड ६:४५
असार ६: स्कटल्यान्ड–मोरोक्को ३:४५, ब्राजिल–हाइटी ६:१५
असार ११: मोरोक्को–हाइटी ३:४५, स्कटल्यान्ड–ब्राजिल ३:४५
**समूह D:** अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३०: अमेरिका–पाराग्वे ६:४५
जेठ ३१: अष्ट्रेलिया–टर्किए ९:४५
असार ६: अमेरिका–अष्ट्रेलिया १२:४५, टर्किए–पाराग्वे ८:४५
असार १२: टर्किए–अमेरिका ७:४५, पाराग्वे–अष्ट्रेलिया ७:४५
**समूह E:** जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१: जर्मनी–कुराकाओ १०:४५
असार १: आइभरीकोष्ट–इक्वेडर ४:४५
असार ७: जर्मनी–आइभरीकोष्ट १:४५, इक्वेडर–कुराकाओ ५:४५
असार १२: कुराकाओ–आइभरीकोष्ट १:४५, इक्वेडर–जर्मनी १:४५
**समूह F:** नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
असार १: नेदरल्यान्ड्स–जापान १:४५, स्वीडेन–ट्युनिसिया ७:४५
असार ६: नेदरल्यान्ड्स–स्वीडेन १०:४५
असार ७: ट्युनिसिया–जापान ९:४५
असार १२: ट्युनिसिया–नेदरल्यान्ड्स ४:४५, जापान–स्वीडेन ४:४५
**समूह G:** बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
असार २: बेल्जियम–इजिप्ट १२:४५, इरान–न्युजिल्यान्ड ६:४५
असार ८: बेल्जियम–इरान १२:४५, न्युजिल्यान्ड–इजिप्ट ६:४५
असार १३: न्युजिल्यान्ड–बेल्जियम ८:४५, इजिप्ट–इरान ८:४५
**समूह H:** स्पेन, उरुग्वे, साउदी, केप भर्डे
असार १: स्पेन–केप भर्डे ९:४५
असार २: साउदी–उरुग्वे ३:४५
असार ७: स्पेन–साउदी ९:४५
असार ८: उरुग्वे–केप भर्डे ३:४५
असार १३: केप भर्डे–साउदी ५:४५, उरुग्वे–स्पेन ५:४५
**समूह I:** फ्रान्स, सेनेगल, इराक, नर्वे
असार ३: फ्रान्स–सेनेगल १२:४५, इराक–नर्वे ३:४५
असार ९: फ्रान्स–इराक २:४५, नर्वे–सेनेगल ५:४५
असार १३: नर्वे–फ्रान्स १२:४५, सेनेगल–इराक १२:४५
**समूह J:** अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया
असार ३: अर्जेन्टिना–अल्जेरिया ६:४५, अष्ट्रिया–जोर्डन ९:४५
असार ८: अर्जेन्टिना–अष्ट्रिया १०:४५
असार ९: जोर्डन–अल्जेरिया ८:४५
असार १४: अल्जेरिया–अष्ट्रिया ७:४५, जोर्डन–अर्जेन्टिना ७:४५
**समूह K:** पोर्चुगल, DR कंगो, उज्वेकिस्तान, कोलम्बिया
असार ३: पोर्चुगल–DR कंगो १०:४५
असार ४: उज्वेकिस्तान–कोलम्बिया ७:४५
असार ९: पोर्चुगल–उज्वेकिस्तान १०:४५
असार १०: कोलम्बिया–DR कंगो ७:४५
असार १४: कोलम्बिया–पोर्चुगल ५:१५, DR कंगो–उज्वेकिस्तान ५:१५
**समूह L:** इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
असार ४: इंग्ल्यान्ड–क्रोएसिया १:४५, घाना–पानामा ४:४५
असार १०: इंग्ल्यान्ड–घाना १:४५, पानामा–क्रोएसिया ५:४५
असार १४: पानामा–इंग्ल्यान्ड २:४५, क्रोएसिया–घाना २:४५
**नकआउट चरण:**
राउण्ड अफ ३२: असार १५–२०
राउण्ड अफ १६: असार २०–२४
क्वाटरफाइनल: असार २६–२८
सेमिफाइनल: असार ३१ र असार ३२
तेस्रो स्थान: साउन ३
फाइनल: साउन ४, मध्यराति १२:४५ बजे।
20/05/2026
✨ 3 Days DXN Marketing Plan Workshop – HINDI ✨
Enhance your understanding of the DXN Marketing Plan through this exclusive 3-day workshop with live practise, guidance and doubt-clearing sessions.
📅 Schedule:
🔹 Day 1 : Friday, 22 May 2026
🔹 Day 2 : Saturday, 23 May 2026
🔹 Day 3 : Sunday, 24 May 2026
⏰ 08:00 PM Dubai | 07:00 PM Makkah
🔗 Join Zoom Meeting:
https://us02web.zoom.us/j/88626973002
🎯 Live Doubt Clearing Session
🚀 Don’t miss this valuable opportunity to learn and grow with DXN!
17/05/2026
उपवास गर्दा शरीरले आफैं ‘सफा’ गर्छ ? जापानी वैज्ञानिकको खोजले जित्यो Nobel Prize
Yoshinori Ohsumi को Autophagy सम्बन्धी अनुसन्धानले आधुनिक जीवविज्ञानमा ठूलो परिवर्तन ल्याएको मानिन्छ। यही खोजका लागि उनलाई Nobel Prize in Physiology or Medicine प्रदान गरिएको थियो।
Autophagy शरीरभित्र हुने यस्तो प्राकृतिक प्रक्रिया हो, जसमा कोषहरूले आफ्नै damaged protein र खराब भागलाई तोडेर recycle गर्छन्। विशेषगरी शरीरमा पोषण कमी वा fasting को अवस्थामा यो प्रक्रिया अझ सक्रिय हुने वैज्ञानिकहरूले बताएका छन्।
अनुसन्धानअनुसार यही mechanism ले शरीरलाई आवश्यक ऊर्जा उत्पादन गर्न मद्दत गर्नुका साथै dysfunctional cell हटाएर cellular health कायम राख्न भूमिका खेल्छ। अहिले वैज्ञानिकहरू neurodegenerative disease, aging र metabolic disorder उपचारमा पनि यही प्रक्रियाको सम्भावना अध्ययन गरिरहेका छन्।
विशेषज्ञहरूका अनुसार यो खोजले मानव शरीरभित्र “self-repair system” कसरी काम गर्छ भन्ने बुझाइलाई नयाँ स्तरमा पुर्याएको छ।
Dxn Mitra sharma
16/05/2026
नेपालमा चेरी खेतीको संभावना र प्राविधिक जानकारी:
चेरी शीतोष्ण हावापानीको फल हो। नेपालको पहाडी भेगमा यसको राम्रो संभावना छ, किनकि हिमाञ्चल र कश्मिरमा पनि ठूलो मात्रामा हुन्छ ।
१. हावापानी र उचाइ
उचाइ : चेरी १५०० देखि २५०० मिटरसम्म राम्रो हुन्छ। स्याउ जस्तै १५०० देखि २००० मिटरमा उत्तरपूर्वी मोहडा र २०००मिटरमाथि दक्षिणपश्चिमी मोहडा उपयुक्त हुन्छ ।
तापक्रम : १० देखि ३५ डिग्री सेल्सियसम्म हुन्छ, तर राम्रो फलका लागि २५ डिग्री वरपर उपयुक्त हुन्छ।
चिसो आवश्यकता : फूल फुल्न र फल लाग्न जाडोमा ७ डिग्रीभन्दा कम तापक्रम ८० देखि १२०० घण्टा चाहिन्छ।
वर्षा र हुस्सु : बढी हुस्सु र लगातारको ओसिलोले फूल झर्छ, त्यसैले घमाइलो र राम्रो निकास भएको ठाउँ चाहिन्छ।
नेपालको मुस्ताङ, जुम्ला, डोल्पा, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुङ्गा जस्ता मध्यपहाडी जिल्ला चेरीका लागि उपयुक्त छन्।
२. माटो
गहिरो, राम्रो निकास भएको दोमट माटो उत्तम हुन्छ।
पानी जम्ने चिम्टाइलो माटोमा हुर्कदैन।
माटोको पि.एच. ६ दशमलव ० देखि ७ दशमलव ५ उपयुक्त हुन्छ।
३. रोपण दुरी र एक रोपनीमा बिरुवा संख्या
नेपालमा फलफूलका लागि सामान्यतया ६ मिटर बाइ ६ मिटर दुरीमा रोपिन्छ। यो दुरीमा हेक्टरमा ३० बोट अट्छन्।
एक रोपनी बराबर ५०८ दशमलव ७२ वर्ग मिटर हुन्छ।
६ बाइ ६ मिटर बराबर ३६ वर्ग मिटर प्रति बोट लाग्छ।
त्यसैले एक रोपनीमा करिब १४ देखि १५ वटा चेरीका बिरुवा लगाउन सकिन्छ।
ढलान धेरै भएको ठाउँमा कन्टुर प्रणाली अपनाएर दुरी अलिकति घटाउन सकिन्छ। खाल्डो १ मिटर बाइ १ मिटर बाइ १ मिटर खनेर असोज कात्तिकमा मल माटो मिसाएर राख्ने र मंसिर देखि चैतमा रोप्ने चलन छ।
४. अन्य कुरा ध्यान दिनुपर्ने
परागसेचन : धेरैजसो चेरीका जात स्व-परागसेचन हुँदैनन्। त्यसैले १० देखि १५ प्रतिशतको अनुपातमा परागदाता जात पनि रोप्नुपर्छ।
प्रवर्धन : नेपालमा जिब्रे वा क्लेफ्ट ग्राफ्टिङ र शिल्ड बडिङ मंसिर देखि असारमा गरिन्छ।
बजार : चेरीको मूल्य राम्रो छ र सहरमा माग बढ्दो छ। तर चाँडै कुहिने भएकाले ढुवानी र चिस्यानमा ध्यान दिनुपर्छ।
सारांशमा १५० देखि २५० मिटरको चिसो पहाडी क्षेत्रमा, राम्रो निकास भएको दोमट माटोमा, ६ बाइ ६ मिटर दुरीमा रोप्दा एक रोपनीमा १४ देखि १५ बोट लगाउन मिल्छ ।
साभार:सोसियल मिडिया.
मान्छेको चरित्र (Human Character)
१. जीवनको स्तर: जुत्ताबाट देखिन्छ।
२. स्वास्थ्य: नङबाट देखिन्छ।
३. परिवार: बस्ने तरिकाबाट देखिन्छ।
४. दृष्टिकोण/स्वभाव: आँखाको कुना (हेराइ) बाट देखिन्छ।
५. व्यक्तित्व: हाँस्ने शैलीबाट देखिन्छ।
६. आत्मविश्वास: हिँड्ने तरिकाबाट देखिन्छ।
७. इमानदारी: कुनै जिम्मेवारी दिँदा देखिन्छ।
८. धैर्यता: ट्राफिक जाम वा लाइनमा बसेको बेला देखिन्छ।
९. संस्कार: आफूभन्दा सानो वा कामदारसँग गर्ने व्यवहारबाट देखिन्छ।
१०. बौद्धिकता: संकटको समयमा लिइने निर्णयबाट देखिन्छ।
११. लोभ: बाँडफाँड गर्नुपर्ने अवस्थामा देखिन्छ।
१२. क्रोध: आफूले चाहेको कुरा नहुँदा देखिन्छ।
१३. अनुशासन: कसैले नदेख्ने ठाउँमा गरिने कामबाट देखिन्छ।
१४. साहस: अन्यायको विरुद्ध बोल्ने क्षमताबाट देखिन्छ।
१५. नम्रता: सफलता र चर्चाको शिखरमा पुग्दा देखिन्छ।
१६. सहनशीलता: आलोचना सुन्दा देखिन्छ।
१७. स्वार्थ: काम सकिएपछिको व्यवहारबाट देखिन्छ।
१८. एकाग्रता: सुन्ने बानीबाट देखिन्छ।
१९. मानवता: अरूको दुःख देख्दा आउने आँसुबाट देखिन्छ।
२०. प्रतिभा: फुर्सदको समयमा गरिने रुचिबाट देखिन्छ।
२१. अहंकार: अरूलाई होच्याउने शैलीबाट देखिन्छ।
२२. कृतज्ञता: सहयोग पाउँदा व्यक्त गरिने शब्दबाट देखिन्छ।
२३. चिन्तन: एकान्तमा बस्दाको भावबाट देखिन्छ।
२४. मित्रता: अप्ठ्यारो पर्दा पुर्याइने हातबाट देखिन्छ।
२५. सन्तुष्टि: अनुहारको मुस्कान र बोलीको मिठासबाट देखिन्छ।
"साभार"
स्रोत - सामाजिक संजाल
Mitra Sharma
के तपाईं स्वस्थ्य बारेमा चिन्तित हुनुहुन्छ?
अतिरिक्त आम्दानीको खोजीमा हुनुहुन्छ?
टिममा काम गर्न अनी देशविदेश घुम्न मन पर्छ?
केही मेहनेती व्यक्तिको खोजीमा छु
विश्वको कुनैपनि ठाउँबाट काम गर्न सक्नुहुन्छ.
तलको लिंकमा जानुहोस्
आफ्नो विवरण भर्नुहोस् र
सहयोगको लागि मलाइ मेसेज गर्नुहोस्.
https://eworld.dxn2u.com/s/accreg/en/011286637
https://www.dxn2uasia.com/pws/011286637
18/04/2026
म्याङगोस्टीन खेती: 'फलहरूको रानी' को व्यावसायिक उत्पादन र फाइदाहरू
~~ म्याङगोस्टीन (Garcinia mangostana) एक सदाबहार उष्णकटिबन्धीय फल हो, जसलाई यसको अनुपम स्वाद र उत्कृष्ट गुणका कारण "फलहरूको रानी" भनेर चिनिन्छ। बाहिरी तह बैजनी र भित्री गुदी सेतो हुने यो फल स्वादिलो हुनुका साथै विभिन्न औषधीय गुणले भरिपूर्ण हुन्छ। नेपाल जस्तो कृषिप्रधान देशमा यसको व्यावसायिक खेतीले किसानहरूको आर्थिक स्तर उकास्न ठूलो मद्दत पुर्याउन सक्छ।
उपयुक्त जलवायु र माटो
म्याङगोस्टीन खेतीका लागि विशेष गरी न्यानो र ओसिलो जलवायुको आवश्यकता पर्दछ। यसका लागि २५°C देखि ३५°C सम्मको तापक्रम र १५०० देखि २५०० मिमीसम्मको वार्षिक वर्षा उपयुक्त मानिन्छ। हावामा सापेक्षित आर्द्रता ७५–८५% हुनु बिरुवाको वृद्धिका लागि राम्रो हुन्छ। यो फल समुद्री सतहदेखि ८०० मिटरसम्मको उचाइमा फस्टाउँछ। माटोको कुरा गर्दा, पानी नजम्ने, राम्रो निकास भएको दोमट वा बलौटे दोमट माटो र ५.५ देखि ६.८ सम्मको pH मान भएको जमिन यसका लागि सर्वोत्तम हुन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने, म्याङगोस्टीनले अत्याधिक चिसो, हिउँ र तिव्र हावा सहन सक्दैन।
बिरुवा व्यवस्थापन र रोपाइँ
खेती सुरु गर्दा भरपर्दो नर्सरीबाट १ देखि २ वर्ष पुराना ग्राफ्ट गरिएका बिरुवाहरू छनोट गर्नुपर्छ। बिरुवा रोप्नका लागि मनसुन सुरु हुनुभन्दा अगाडि (जेठ–असार) को समय सबैभन्दा उत्तम हुन्छ। खेतको तयारी गर्दा १ मिटर चौडा र १ मिटर गहिरो खाल्डो खनी त्यसमा १०–१५ केजी गोबर मल, २–५ केजी कम्पोस्ट, ५० ग्राम निम्मखली र १०० ग्राम DAP मल राम्ररी मिलाएर भर्नुपर्छ। बिरुवाहरू बीचको दूरी ८ देखि १० मिटर कायम राख्नुपर्छ। बिरुवा सानो छँदा यसलाई चर्को घामबाट जोगाउन केरा वा अन्य छायाँ दिने रुखहरूसँगै रोप्नु लाभदायक हुन्छ।
सिँचाइ तथा मल व्यवस्थापन
बिरुवाको राम्रो वृद्धिका लागि नियमित सिँचाइको आवश्यकता पर्दछ। विशेष गरी गर्मी महिनामा हप्ताको १–२ पटक पानी दिनुपर्छ भने वर्षायाममा पानी जम्न नदिन निकासको उचित व्यवस्था गर्नुपर्छ। बिरुवाको उमेर अनुसार मलको मात्रा बढाउँदै लैजानुपर्छ। सुरुका तीन वर्षसम्म १०–१५ केजी गोबर मल र ५०:२५:२५ ग्राम NPK दिनुपर्छ भने ७ वर्षपछि ३० केजी गोबर मल र २००:१००:१०० ग्राम NPK प्रति बिरुवा दिनु उपयुक्त हुन्छ। मल वर्षमा दुई पटक (फागुन–चैत र असार–साउन) मा हाल्नु पर्दछ।
रोग तथा कीरा नियन्त्रण
म्याङगोस्टीनमा मुख्यतया 'रुट रट' (जरा सड्ने) समस्या देखिन सक्छ, जसका लागि पानीको उचित निकास हुनुपर्छ। फल लाग्ने समयमा लाग्ने 'फ्रुट बोरर' (फलमा लाग्ने कीरा) नियन्त्रण गर्न नीमको तेल जस्ता जैविक कीटनाशक प्रयोग गर्न सकिन्छ। त्यस्तै, कमिला र ढुसीको समस्या देखिएमा माटोको सतहमा सावधानीपूर्वक कार्बोफ्युरान प्रयोग गर्न सकिन्छ।
उत्पादन र बजार सम्भावना
म्याङगोस्टीन ढिलो फल्ने फल हो। ग्राफ्ट गरिएको बिरुवाले रोपेको ८ देखि १० वर्षमा फल दिन सुरु गर्छ भने १५ वर्षपछि यसले पूर्ण उत्पादन दिन थाल्छ। एउटा स्वस्थ वयस्क रुखबाट वार्षिक ३०० देखि १००० वटासम्म फल प्राप्त गर्न सकिन्छ। नेपालमा यो फल दुर्लभ भएकाले यसको बजार मूल्य निकै उच्च छ। हाल बजारमा यसको मूल्य प्रति किलो ५०० देखि १५०० रुपैयाँसम्म पर्ने देखिन्छ। यदि जैविक विधिबाट खेती गरेमा यसलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
नेपालमा सम्भावित क्षेत्रहरू
नेपालको तराई र तल्लो पहाडी क्षेत्रहरू म्याङगोस्टीन खेतीका लागि उपयुक्त छन्। विशेष गरी चितवन, बुटवल, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर र नवलपरासी जस्ता जिल्लाहरूमा यसको व्यावसायिक खेतीको प्रचुर सम्भावना रहेको छ।
धैर्य र उचित हेरचाह गर्ने हो भने म्याङगोस्टीन खेती दीर्घकालीन आम्दानीको एक भरपर्दो स्रोत बन्न सक्छ। सुरुवाति चरणमा केही समय लागे तापनि यसको उच्च बजार मूल्य र बढ्दो मागले गर्दा यो नेपाली किसानहरूका लागि "सुनौलो अवसर" सावित हुन सक्छ।
Dxn Mitra sharma
06/04/2026
Good Morning DXN!
✨ You’re Invited to a Special Facebook Live Event! ✨
🎤 RENDEZVOUS WITH THE CHAIRMAN
👔 Datuk Lim Siow Jin
Join us for an exclusive and insightful session with our respected Chairman, where vision, leadership, and inspiration come together.
🗓 Date: Sunday, 12 April 2026
⏰ Event Timing:
🇧🇩 Bangladesh: 06:00 PM
🇮🇳 India: 05:30 PM
🇳🇵 Nepal: 05:45 PM
🇵🇰 Pakistan: 05:00 PM
🇲🇾 Malaysia: 08:00 PM
🎙 Event Hosted by:
CTO – Mr. K. M. Rabique
IMD – Mr. Debya Prakash
🔴 Watch Live On Facebook:
👉 Link for (Event Page): https://www.facebook.com/events/2166928147466017/
✅ Please register yourself via the event link to receive updates and reminders.
📞 For further details, kindly contact your respective Country PIC / TM / State PIC.
📌 Don’t miss this opportunity to connect, learn, and be inspired.
👉 Mark your calendar & join us live!
Dxn Mitra sharma Mitra Sharma
06/04/2026
Good morning
🌟Meet with Datuk Lem Seo Jin🌟
Join us for a special and inspiring session with Datuk Lam Seo Jin!
(Founder & CEO of DXN)
🗓 Saturday, April 11, 2026
⏰ 4:00 PM (Dubai time)
⏰ 3:00 pm (Saudi time)
✨ Gain inspiring insights and valuable knowledge directly from the founder.
🚀 Don't miss this rare opportunity — join us and skyrocket your career!
https://us02web.zoom.us/j/81038969997
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Pokhara
