Udaudo Kiran
# News & Media Webside, # Sports , # Music & Band , # Health & Beauty
06/09/2026
इजिप्टको कायरोस्थित अदालतले टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागूऔषध उत्पादन तथा ओसारपसारको आरोपमा मृत्युदण्ड सुनाएको छ।
अदालतका अनुसार उनीहरूले कृत्रिम लागूऔषध उत्पादन तथा ओसारपसार गर्ने संगठित गिरोह सञ्चालन गरेका थिए। अनुसन्धानका क्रममा ७५० किलोभन्दा बढी लागूऔषध तथा कच्चा पदार्थ, दुईवटा प्रयोगशाला र अवैध हतियार बरामद भएको जनाइएको छ।
फैसलापछि खलिफाले आफू निर्दोष रहेको दाबी गर्दै अदालतमा भावुक प्रतिक्रिया दिएकी थिइन्। मृत्युदण्ड सुनाउनुअघि अदालतले ग्रान्ड मुफ्तीको धार्मिक राय समेत लिएको थियो। यद्यपि, फैसला पुनरावेदन गर्न सकिनेछ।
खलिफासहितका प्रतिवादीलाई एक युवकको अपहरण तथा आक्रमणसम्बन्धी छुट्टै मुद्दामा पाँच वर्षको जेल सजाय समेत सुनाइएको छ।
06/09/2026
अर्जेन्टिना फुटबल संघले महान् फुटबलर Lionel Messi को सम्मानमा पुरुष तथा महिला फुटबल र फुटसलका खेलमा विशेष सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार प्रत्येक खेलको १०औँ मिनेटमा एक मिनेट खेल रोकिनेछ। उक्त समयमा मैदानमा रहेका खेलाडी तथा प्रशिक्षकसहित दर्शकले ताली बजाउँदै मेसीले अर्जेन्टिनाको फुटबलमा पुर्याएको योगदानको सम्मान गर्नेछन्।
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट लगाउँदै आएको १० नम्बरको जर्सीको सम्मानस्वरूप खेलको १०औँ मिनेटलाई विशेष सम्मानका लागि छनोट गरिएको जनाइएको छ।
04/09/2026
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको सेनानी पदमा बढुवा भएका छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेका बेला उनलाई सेनानीमा बढुवा गरिएको हो। बढुवा भए पनि खवास अहिले नियमित जिम्मेवारीअनुसार उद्धार अभियानमै त्रिशूलीमा खटिरहेका छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका कविर महर्जनको सकुशल उद्धार गरिएको छ। उद्धार टोलीले उनलाई सुरुङभित्रबाट सुरक्षित रूपमा बाहिर निकालेको हो।
महर्जनको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली तथा अन्य उद्धारकर्मीहरू निरन्तर खटिएका थिए। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि उद्धार कार्यलाई थप तीव्र पारिएको थियो।
उद्धारलगत्तै महर्जनको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि मेडिकल टोली र एम्बुलेन्ससहितको व्यवस्था गरिएको छ।
एक जनाको सफल उद्धारसँगै सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको पनि सुरक्षित उद्धार हुने आशा बढेको छ। बाँकी व्यक्तिहरूको उद्धारका लागि उद्धार टोलीले आवश्यक स्रोतसाधन र प्राविधिक संयन्त्रसहित काम जारी राखेको छ।
04/09/2026
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कविर महर्जनको १० दिनपछि सकुशल उद्धार गरिएको छ। उद्धार टोलीले सुरुङभित्रबाट उनलाई बाहिर निकालेको हो।
04/09/2026
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका छन्।
आवाज सुनिएको खबरसँगै नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेना प्रवेश गरेको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शव निकाल्ने उद्धार कार्यका लागि नेपाली सेनाको टोली परिचालन गरिएको हो।
इटहरीमा गुञ्जियो ‘हर्कवाद जिन्दाबाद’को नारा
03/09/2026
रसुवाको स्याफ्रुबेसी प्रहरी चौकीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार राजन खत्री भीषण बाढीमा बगे पनि भाग्यवश ज्यान जोगाउन सफल भएका छन्।
गत भदौ १० गते आएको भीषण बाढीका क्रममा खत्री चौकीका अन्य प्रहरी कर्मचारीसँगै बाढीमा बगेका थिए। बाढीको तीव्र छालले उनलाई उछिट्याएर पाखामा पुर्याएपछि उनी घाइते अवस्थामा फेला परेका थिए।
02/09/2026
इटहरीबाट नेपाल विद्युत प्राधिकरणका सातौँ तहका अधिकृत कृष्ण यादव सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन्।
सेवाग्राहीसँग काम गरिदिने भन्दै घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई ५० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Morang
Biratnagar
56600
