healthy habits

healthy habits

Share

l am a health servicer and health knowledge provider. Stay connected for more health knowledge and Tips.

28/08/2026

नुवाकोटस्थित त्रिशूली अस्पतालमा कार्यरत नर्स प्रेरणा तामाङ हिजो आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँसँग हालसम्म कुनै सम्पर्क हुन सकेको छैन।
सम्बन्धित परिवार तथा आफन्तहरू चिन्तित हुनुहुन्छ। उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई जानकारी गराइदिनुहुन अनुरोध छ।
🙏 कृपया यो सूचना सकेसम्म धेरै शेयर गरिदिनुहोस्।

28/08/2026

सबैको लागि शन्देस बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
बाढीपछि पानीजन्य रोगहरू (झाडापखाला, हैजा) तथा किटजन्य रोगहरू (औलो, डेंगु) को जोखिम ह्वात्तै बढेर जान्छ ।
यस्तो बेला उच्च सतर्कता अपनाउन अत्यावश्यक हुन्छ ।

Photos from healthy habits 's post 28/08/2026

बाढिका कारण काठमाडौका विभिन्न अस्पतालमा भर्ना भएका बिरामिहरु।

28/08/2026

भोटेकोशीको पछिल्लो बाढी स्याप्रुबेंसीसम्म आइपुग्यो
-बाढी पुर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
-बाढी पुर्वानुमान महाशाखाले भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको जनाएको छ । महाशाखाले बाढी स्याप्रुबेंसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
अर्को सूचना नआउँदासम्म मुग्लिनसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।

28/08/2026

🙏 उच्च सर्तकता अपनाउन अनुरोध 😥😥

28/08/2026

फेरि बाढी आएको सूचना आएको छ । त्रिशूली नदीमा पानीको सतह बढेको छ । नदी आसपासका क्षेत्र तथा त्रिशूली करिडोर हुँदै यात्रा गरिरहनुभएका सबैलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अनुरोध गर्दछौं । सजग रहौं, सुरक्षित रहौं ।

28/08/2026

Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏😥😥

27/08/2026

Update from Rasuwa "निराशामा आशा": धेरै जना out of contact भएकाहरू भाग्दै गर्दा फोन खसेको, कोही फोन छोडेर भागेको, कोही चार्ज सकिएको र नेटवर्क नभएको अवस्थामा हुनुहुन्छ... सयौँ मानिसहरू माथिल्लो भागमा बसिरहनु भएको छ!

27/08/2026

विशेष आलेख ।।
राजा महेन्द्र देखि बालेन्द्रसम्म। हामीले के-के भोग्यौ र के सिक्यौ ?

राजा त्रिभुवन मृत्युशैयामा थिए । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला एपेन्डिसाइटिसको शल्यक्रिया गराउन कलकत्तामा थिए। देश पूर्ण रूपमा नेतृत्वविहीन थियो। त्यही मौकामा बि. स. २०११ सालको साउन-भदौमा उर्लिएको बाढीले महा-विपत्ति निम्त्यायो त्यो बढी यति भयानक थियो कि- देशका कयौ ठाउको भूबनोट नै बदलिदियो। हजारौ मानिसको ज्यान गयो, सयौँ गाउँ बगे, २५ हजार परिवार घरबारविहीन बने। खेतबारी, कुवा, बाटो र पुल सबै सखाप भए।

१९९० को भूकम्पमा बाहिरी सहयोग नमागेको नेपालले यसपटक विश्वभर हात फैलायो। राहतको अवस्था हेर्न आएका एक अमेरिकी विपद् विज्ञले राज्यको लाचारी चित्रण यसरी गरेका थिए।

> "यहाँको मन्त्रिपरिषद् कुहिरोमा हराएको जस्तो देखिन्छ। के गर्ने भन्ने कसैलाई थाहा छैन। राहत बाँड्ने स्थानीय संयन्त्र नै छैन र संकटमा सरकारले केही गर्न सक्छ भन्ने अवधारणा कर्मचारीतन्त्रमा कतै भेटिँदैन।"

त्यही बाढीसँगै राजा त्रिभुवनको युग सकियो र महेन्द्र युगको सुरुवात भयो । एउटा आशा थियो। अब देशले योजनाबद्ध प्रणाली र आफ्नै मौलिक विकासको मोडेल पाउनेछ।

तर, ७० वर्षपछि-२०८१ असोजमा देशको राजधानीमै बाढि पस्यो । नख्खु खोलामा टिनको छानामाथि चढेर चार घण्टासम्म जीवनको भीख मागिरहेका नागरिकलाई बचाउन राज्यको हेलिकप्टर उडेन। गृहमन्त्रीले 'भिजिबिलिटी पुगेन' भनेर पन्छिए। जब कि भिजिबिलिटी ११०० मिटर थियो र हेलिकप्टर १ हजारमै उड्न सक्थ्यो।

मौसमविदहरुको चेतावनीको बाबजुदपनि रातिमा गाडी गुड्नदिदा धादिङमा पहिरोले गाडीहरू पुरिँदा ३५ जनाले चिहानमै सास फेरे।

१९९० सालको महाभूकम्प हुँदै यसपटकको महाबाढीसम्म धेरै कुरा बदलिए; पुस्ता बदलियो, व्यवस्था बदलियो, नेता बदलिए, देशको रूपरङ बदलियो तर एउटा कुरा कहिल्यै बदलिएन: नेपाली समाजको अवसरवादी चरित्र। त्यसकै नाङ्गो रूप हो- नारायणी किनारमा देखिएको बगेका सिलिन्डर निकाल्ने प्रतिस्पर्धा।

यसपालीको महा-बाढी गल्छी र मुग्लिन हुँदै सात घण्टापछि देवघाट र नारायणी पुग्यो। तर, नारायणीमा के देखियो ? बगेर आएका सिलिन्डर समात्ने प्रतिस्प्रधा। नेपालीले बगेर आएका लासबाट सुनका गहना समेत लुछे !!

तपाईंलाई लाग्ला यो स्वाभाविक मानवीय लोभ मात्र हो; त्यस्तो होइन, यो नेपाली समाजको जरासम्म गढेको चरम अवसरवादी चरित्रको नाङ्गो रूप हो। यतिमात्र होइन यो विपत्तिको तात्कालिक कारण भारी वर्षा देखिए पनि, धनजनको क्षतिको मूल कारण यही अवसरवादी सामाजिक चिन्तन हो।

यहाँ पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि जमिन कब्जा गर्ने होड नै चल्यो। राणाकालसम्म उच्च वर्गले देशका सम्म परेका मलिला जमिन बिर्ता र जागिरको नाममा कब्जा गरे। उनीहरूले यो देशलाई स्थायी बसोबासको ठाउँसम्म ठानेका थिएनन्; सकेसम्म लुट्ने र विदेशमा सम्पत्ति जम्मा गरेर उतै सेटल हुने होड थियो।

२००७ सालमा प्रजातन्त्र आएपछि देश लुट्ने लाइसेन्स सबैलाई खुला भयो। सर्वसाधारणले पनि बचेखुचेका नदी किनारदेखि राजमार्ग छेउसम्मका कुनै ठाउँ बाँकी राखेनन्। आफ्नो नाममा जमिन दर्ता गर्ने होडबाजी चल्यो। त्यो खोलाको बहाव क्षेत्र हो कि पहिरो जाने खोंच? कहाँ बस्ती बसाउने, कहाँ नबसाउने? भौतिक पूर्वाधार कहाँ बनाउने, कहाँ नबनाउने? यी कुनै कुराको कसैलाई मतलब भएन। न लालपुर्जामा नाम लेखाउनेलाई मतलब थियो, न त्यो पुर्जामा हस्ताक्षर गर्नेलाई! शासकलाई सत्ता जोगाउने, कर्मचारीलाई सहरमा घडेरी जोड्ने र नागरिकलाई खोला मिचेरै भए पनि जमिन हडप्ने ध्याउन्न भएपछि देशको भविष्यको बारेमा कसले सोचिदिने ?

कतिसम्म भने, २०७२ सालको भूकम्पपछि घरहरू बस्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिएको थियो। ११ वर्ष भइसक्यो, ती बस्न खतरनाक भनिएका घरहरूमा अहिले पनि मान्छे बसिरहेका छन्, भाडा उठाइरहेका छन्। न राज्यलाई मतलब छ, न नागरिकलाई। भोलि अर्को भूकम्प आउँदा तिनै घरमा चेपिएर फेरि कति मान्छे मर्ने हुन्!

नेपालको जमिन कमजोर छ र यो बाढी-पहिरोको उच्च जोखिमयुक्त भूगोल हो भन्ने सबैलाई थाहा छ। तर नीति निर्माण र विकासको केन्द्रमा यो कुरा कहिल्यै परेन ।
यसपटक बाढीले बगाएका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूलीका बजार, भन्सार, प्रहरी चौकीदेखि जलविद्युत् आयोजनासम्म सबै नदीको प्राकृतिक बहाव क्षेत्रमै ठडाइएका थिए। एउटै बाढीले ४३० मेगावाट विद्युत् प्रभावित भयो र बाढी नाप्ने चारवटा जलमापन केन्द्र आफैँ बगे।

यदि हामीले हाम्रो भूगोलको जटिलतालाई जापानले जस्तै गम्भीर रूपमा लिएर सोहीअनुरूप विकासको मोडेल बनाएको भए आज यो क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। जापानले आफ्नो जोखिमयुक्त भूगोल बुझेर प्रविधि र कडा कानुन बनायो; हामीले भूगोल बुझेर पनि त्यसैमाथि भ्रष्टाचार र अतिक्रमणको जग हाल्यौँ।

यो समाजमा सबै मौकाको पर्खाइमा छन् । त्यो मौका चाहे अमेरिकी 'डीभी' होस् या बाढीको भेलमा बगेको ग्यास सिलिन्डर र लासको गहना! नियम र नैतिकता भुलेर लुट्न तयार हुने यही सामूहिक मानसिकता नै हाम्रो अविकास र निरन्तर विपत्तिको मुख्य कारण हो।

यो घटनाबाट पाठ सिक्दै, सहयोग र उद्धार कार्यमा खटियौं। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष पनि खडा गरेको रहेछ। १०० रुपैयाँ मात्र सहयोग गरे पनि त्यसले निकै ठूलो आवश्यकता टार्छ।

27/08/2026
Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Lumbini Province
Butwal
32800